२०८२ माघ ३ , शनिबार 17, January 2026, Saturday

टिकटकको रिटमा सोमबार प्रारम्भिक सुनुवाइ हुने

सत्यपाटीसत्यपाटी । काठमाडौँ । २०८० मंसिर १ गते शुक्रबार

टिकटकमाथि बन्देज लगाउने सरकारको निर्णयविरुद्ध परेका रिट निवेदनहरुमाथि आगामी सोमबार प्रारम्भिक सुनुवाइ हुने भएको छ ।

पेश भएका सातवटा रिट निवेदनहरु दर्ता गर्दै सर्वोच्च अदालतले ४ मंसीर(आगामी सोमबार)का लागि पहिलो पेशी तोकेको हो ।

प्रारम्भिक सुनुवाईको दिन एकजना न्यायाधीशको एकल इजलासमा मुद्दाको सुनुवाइ हुनेछ ।

रिट निवेदन पेश गरेका कानून व्यवसायीहरुले तत्काल सरकारको निर्णय कार्यान्वयनमा रोक लगाउनुपर्ने भनी अन्तरिम आदेशको मागसमेत राखेका छन् ।

प्रकाशित मिति : २०८० मंसिर १ गते शुक्रबार