ज्यान मार्ने उद्योगका एक आरोपीलाई पक्राउ गर्ने क्रममा बाँके प्रहरीले गोली प्रहार गरेको छ । बाँकेको बैजनाथ गाउँपालिका घर भएका ३१ वर्षीय आकाश रानालाई पक्राउ गर्ने क्रममा प्रहरीले गोली चलाएको हो ।
पक्राउ गर्ने क्रममा भागेपछि रानालाई गोली हानेर पक्राउ गरिएको बाँकेका प्रहरी प्रमुख एसपी सुवासचन्द्र बोहराले जानकारी दिए । बोहराका अनुसार राना ज्यान मार्ने उद्योगका आरोपी हुन् । गत कात्तिक ३० गते रानासहितको समूहले बाँकेकै २९ वर्षीय मीनबहादुर विकलाई खुकुरी प्रहार गरेका थिए ।
खुकुरी प्रहारबाट गम्भीर घाइते भएका विकको नेपालमा उपचार हुन सम्भव नभएपछि भारतको लखनउ रेफेर गरिएको थियो । विकको अहिले भारतमा उपचार भइरहेको छ । रानाको खोजी गर्ने क्रममा जानकारी गाउँपालिका–४ खजुरामा रहेको सूचना पाएपछि शुक्रबार बिहान ३ बजे प्रहरी टोली खजुरा पुगेको थियो ।
प्रहरी आएको सुइँको पाएपछि भाग्न लागेका रानालाई खुट्टामा गोली हानेर पक्राउ गरिएको एसपी बोहराले जानकारी दिए । राना यसअघि लागुऔषध मुद्दामा पाँच वर्ष कारागार बसेर गत वर्षको फागुनमा मात्रै कारागार मुक्त भएका थिए । विकलाई खुकुरी प्रहार गर्नुअघि कात्तिक २८ गते नै बाँकेमा एक महिलालाई बलात्कारको प्रयास गरेको भन्दै रानाविरुद्ध प्रहरीमा उजुरी समेत परेको एसपी बोहराको भनाइ छ ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । बाँके