सामाजिक सञ्जाल टिकटक बन्द गर्ने सरकारी निर्णयका विरुद्ध सर्वोच्च अदालतमा रिट पुगेको छ । गत सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले सामाजिक सञ्जाल टिकटक बन्द गर्ने निर्णय गरेपछि उक्त निर्णय खारेजीको माग गर्दै सर्वोच्चमा रिट लगिएको हो ।
सार्वजनिक शिष्टाचार विरुद्धका कसुरहरु धेरै भएको र टिकटक कम्पनीले टिकटकबाट हुने अपराध न्यूनीकरण र दोषीमाथिको कारवाही प्रक्रियामा सहयोग नपुराएको भन्दै नेपालमा तत्कालका लागि टिकटक बन्द गर्ने निर्णय लिएको थियो । सरकारको उक्त निर्णय खारेजीको माग गर्दै सर्वोच्चमा आज पाँच वटा रिट पुगेको भए पनि दर्ता गर्ने कि नगर्ने भन्ने निर्णयमा भने अदालत पुगि सकेको छैन ।
हाल ती रिटहरु अध्ययनका क्रममा रहेको र अध्ययनपछि रिट दर्ता हुने कि नहुने वा कुन कुन रिट दर्ता हुने भन्ने सम्बन्धमा निर्णय हुने जानकारी सर्वोच्चका सूचना अधिकारी गोविन्द घिमिरेले दिएका छन् । सरकारले टिकटकमा प्रतिबन्ध लगाउने निर्णय गरेसँगै नेपालका अधिकांश इन्टरनेट सेवा प्रदायकहरुले टिकटक नचल्ने बनाएका छन् ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं