विश्वकप फुटबल एसियाली छनोटमा नेपाल यूएईसँग ४-० ले पराजित भएको छ।
बिहीबार राति यूएईको घरेलु मैदानमा भएको खेलको पहिलो हाफमा चार गोल खाएको नेपालले दोस्रो हाफमा सम्हालिएर प्रदर्शन गरेको थियो ।
यूएईका लागि अलि अहमद मबखोटले दुई तथा खालिफा मुबारक अल्हाम्माडी र फाबियो भर्जिनियो लिमाले एक /एक गोल गरे ।
खेलको १० औं मिनेटमा खालिफाले यूएईलाई सुरुवाती अग्रता दिलाएका थिए । यूएईले पाएको पेनाल्टीको अवसरलाई सदुपयोग गर्दै अलि अहमदले खेलको ३६ औं मिनेटमा अग्रता दोब्बर बनाएका थिए ।
खेलको ४४ औं मिनेटमा हेड मार्फत् अल अहमदले गोल गर्दै यूएईलाई ३–० को अग्रता दिलाए । पहिलो हाफको इन्जुरी समयमा फाबियो लिमाले थप अर्को गोल गर्दै यूएईलाई ४–० को अग्रता दिलाएका थिए ।
पहिलो हाफमा कमजोर देखिएको नेपालले दोस्रो हाफमा गल्ती सुधार गर्दै उत्कृष्ट खेल प्रदर्शन गरेको थियो । खेलको ८१ औं मिनेटमा नेपालका मनिष डाँगीको प्रहार यूएईका गोल रक्षकले मुस्किलले बचाएका थिए ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौँ