सूचनाको शक्ति - The Power Of Information

        

नेपालगञ्जको बोरा गोदाममा आगलागी

नेपालगञ्जको एक बोरा गोदाममा भीषण आगलागी भएको छ ।

नेपालगञ्ज उपमहानगरपालिका–१ धम्बोझीमा रहेको एसके ट्रेडिङको बोरा गोदाममा आगलागी भएको हो । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायब उपरीक्षक नारायण डाँगीका अनुसार आगलागीबाट गोदाममा रहेका सम्पूर्ण बोरालगायतका सामग्री जलेर नष्ट भएको छ ।

आगलागीबाट करिब ४० लाख रुपैयाँ बराबरको क्षति भएको ट्रेडिङका सञ्चालक सुरेशकुमार शाहले बताउनुभयो । यस्तै, झापाको दमकमा हिजो बिहान आगलागी हुँदा २ घरसहित ग्वाली जलेर नष्ट भएको छ । बुधबार बिहानको समयमा दमक ३ का मनबहादुर बोहोरा र शर्मिला कार्कीको घरमा आगलागी भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

आगलागीमा परेर बोहोराको ग्वालीमा बाँधेको ४ वटा बाख्रा पनि जलेर मरेका छन् । आगलागीबाट नगद २ लाख २४ हजार, ५ तोला सुनलगायत घरमा रहेको भौतिक संरचनासहित करिब ४० लाख बराबरको क्षति भएको बताइएको छ ।

घरसहित अन्नपात सबै जलेपछि पीडित परिवार छिमेकीकोमा बसेका छन् ।

प्रकाशित मिति : ३० कार्तिक २०८०, बिहीबार ०९:०९

लोकप्रिय