चार देश सम्मिलित महिला टि–ट्वेन्टी आई क्रिकेट श्रृंखलाको दोस्रो खेलमा आज नेपालले आयोजक हङकङसँग खेल्नेछ ।
यो खेल हङकङमा बिहान पौने १२ बजे सुरु हुनेछ । हिजोको खेलमा जापानलाई ९ विकेटले हराएको हङकङ आज नेपाल विरुद्ध पनि सोही लय कायम राख्न चाहन्छ ।
पहिलो खेलमा तान्जानियासँग पराजित भएको नेपाल भने आज श्रृंखलामा पहिलो जितको खोजीमा रहेको छ । हिजो भएको खेलमा नेपाललाई तान्जानियाले २७ रनले हराएको हो ।
खेलमा टस जितेर पहिले व्याटिङ गरेको तान्जानियाले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ११५ रन बनायो । जवाफमा ११६ रनको लक्ष्य पछ्याएको नेपालले १६ ओभर ५ बलमा अलआउट हुनुपूर्व ८८ रन मात्रै बनाउन सक्यो ।
श्रृंखलामा आयोजक हङकङ, नेपाल, जापान र तान्जानिया सहभागि छन् ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौँ