२०८३ असोज ५ , सोमबार 21, September 2026, Monday

सलमान खानको चलचित्र ‘टाइगर–३’ले तीन दिनमा कति कमायो ?

बलिउड अभिनेता सलमान खानको चलचित्र ‘टाइगर–३’ले तीन दिनमा १४४ करोड रुपैयाँको व्यापार गरेको छ।

बलिउड व्यापार विश्लेषक तरण आदर्शका अनुसार ‘टाइगर–३’ ले भारतमा मात्रै तीन दिनमा १४४ करोड ५० लाख भारतीय रुपैयाँको व्यापार गरेको हो।

उनका अनुसार चलचित्रले पहिलो दिन आइतबार ४३ करोड रुपैयाँको व्यापार गरेको थियो भने दोस्रो दिन सोमबार ५८ करोडको व्यापार गरेको थियो।

चलचित्रले तेस्रो दिन मंगलबार ४३ करोड ५० लाख रुपैयाँको व्यापार गरेको छ। व्यापारको यो आँकडा हिन्दी भर्सनको मात्रै हो।

चलचित्रको तेलुगु र तमिल भर्सनले तीन दिनमा ४ करोडको व्यापार गरेको छ।

प्रकाशित मिति : २०८० कात्तिक २९ गते बुधबार