२०८३ असार ३ , बुधबार 17, June 2026, Wednesday

टिकटक बन्द नगरे इन्टरनेट सेवा प्रदायकलाई कारबाही हुने

सत्यपाटीसत्यपाटी । काठमाडौँ । २०८० कात्तिक २९ गते बुधबार

नेपाल दूरसञ्चार प्राधिकरणले सबै इन्टरनेट सेवा प्रदायक र मोबाइल सेवा प्रदायकलाई टिकटकको पँहुचमा तत्काल रोक लगाउन निर्देशन दिएको छ । प्राधिकरणले हिजो एक विज्ञप्ति निकालेर निर्देशनको पालना नगरे कारबाही हुने चेतावनी दिएको छ ।

प्राधिकरणले निर्देशनको पालना नगरे दूरसञ्चार ऐन, २०५३ अनुसार कारबाही हुने उल्लेख गरेको छ । मन्त्रिपरिषद्को अस्ति बसेको बैठकले सामाजिक सञ्जालको रुपमा प्रयोग भइरहेको टिकटकका माध्यमबाट सामाजिक सद्भाव बिग्रने वातावरण बनेको भन्दै नेपालमा टिकटकको प्रयोगमा तत्काल रोक लगाउने निर्णय गरेको थियो ।

प्रकाशित मिति : २०८० कात्तिक २९ गते बुधबार