भाइटीकाको दिन आज देशका धेरै ठाउँमा मौसम सफा नै रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाण्डौ उपत्यकासहित तराई/मधेश र पहाडी धेरैजसो क्षेत्रमा आज मौसम पूर्ण रुपमा सफा नै छ ।
कोशी प्रदेशका पहाडी केही क्षेत्रमा आंशिक बदली रहेको महाशाखाका मौसमविद् सञ्जिव अधिकारीले जानकारी दिनुभयो । आज भाइटीकालाई प्रभाव पार्ने गरी ठूलो पानी पर्ने, हिमपात हुने सम्भावना नरहेको उहाँको भनाइ छ ।
आज उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई ठाउँमा हल्का हिमपातको सम्भावना छ । अहिले नेपालमा पश्चिमी वायुको आशिंक प्रभाव रहे पनि वर्षा गराउने प्रणाली तत्काल विकास हुने सम्भावना नरहेको पनि मौसमविद्ले बताएका छन् ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । बाँके