अभिनेता एवं निर्माता दीपकराज गिरी नयाँ फिल्मको तयारीमा जुटेका छन् ।
उनले आफ्नो समूह फिल्म निर्माणको तयारीमा लागेको जानकारी दिएका हुन् ।
फेसबुक पोस्टमार्फत उनले आफ्नो चलचित्र विसं. २०८१ सालको दशैँमा प्रदर्शन हुने पनि बताएका छन् ।
मंगलवार बिहान केदार घिमिरे (माग्ने बुढा)सँगको तस्वीर सेयर गर्दै उनले फिल्मको तयारीमा लागेको कुरा जानकारी दिएका हुन् ।
फिल्मको नाम, कलाकार र निर्देशकबारे भने उनले खुलाएका छैनन् । यद्यपि, केदारसँगको तस्वीर सेयर गरेकाले केदार भने चलचित्रमा रहने बुझ्न सकिन्छ ।
सन्तोष सेनको फिल्म ‘बलिदान’को प्रदर्शन मिति पनि आगामी दशैँलाई घोषणा भइसकेको छ ।
सत्यपाटी संवाददाता । काठमाडौँ