सूचनाको शक्ति - The Power Of Information

        

मौसम पूर्वानमान महाशाखा

यस्तो छ भाइटीकाको दिनको मौसम

सतर्कता अपनाउनसमेत अपिल

हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । जसका कारण मौसममा केही बदली भइरहेको छ ।

आज मंगलबार र भोलि (बुधबार) भाइटीकाको दिन सामान्यतया मौसम सफा रहने भए पनि उच्च पहाडी र हिमाली क्षेत्रका केही ठाउँमा हिमपातको सम्भावना रहेको छ ।

मंगलबार र बुधबार कोशी, बागमती र गण्डकी प्रदेशका केही ठाउँका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हिमपात हुने र देशभरिको तापक्रम क्रमिक रूपमा घटिरहेको हुनाले त्यसबाट हुन सक्ने क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउनसमेत अपिल गरिएको छ ।

प्रकाशित मिति : २८ कार्तिक २०८०, मंगलवार ०७:५७

लोकप्रिय