आज नेवार समुदायमा म्हः अर्थात् (आत्म) पूजा गरिन्छ । कार्तिक शुक्ल प्रतिपदाका दिन आज नेवार समुदायका व्यक्तिहरुले आफ्नो आत्म (म्हः) पूजा पर्व मनाउने गर्दछन् ।
मानिसको आत्मा नै सबैभन्दा ठूलो र महत्त्वपूर्ण भएकाले आत्मपूजा गर्ने परम्परा शास्त्रीय भएको धर्मशास्त्रविद् प्रा. डा. रामचन्द्र गौतम बताउनुहुन्छ ।
भक्तपुरका नेवार समुदायले यस वर्ष पञ्चाङ्ग निर्णायक समितिले निर्धारण गरेको मितिभन्दा एक दिन अगाडि म्ह: पूजा मनाएका छन् । यस्तै, आज भाइटीका मनाउँदै छन् । यस्तै, ललितपुरका केही नेवार समुदायले पनि आजै भाइटीका गर्दैछन् ।
भक्तपुर नगरपालिकाले सार्वजनिक सूचना नै निकालेर २७ गते हिजो म्ह: पूजा र २८ गते आज भाइटीका मनाउन आह्वान गरेको थियो ।
यसवर्षको तिहार (स्वन्ती) मनाउने विषयमा भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापतिको अध्यक्षतामा ज्योतिष डा. वीरेन्द्रप्रसाद कायस्थ एवम् ज्योतिष केदारप्रसाद दैवज्ञ, तलेजुका पुजारी प्रजेश राज राजाेपाध्याय, महेश कर्माचार्य, पदमलोचन कर्माचार्यसहितको छलफलपछि यस्तो निर्णय गर्दै आफ्ना नागरिकका लागि सार्वजनिक सूचना निकालेको मेयर प्रजापतिले बताउनुभयो ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौँ