२०८३ असार ९ , मंगलबार 23, June 2026, Tuesday

दूरसञ्चार प्राधिकरणले काट्यो पत्र, २४ घन्टामा टिकटक बन्द हुने दाबी

सत्यपाटीसत्यपाटी । काठमाडौँ । २०८० कात्तिक २७ गते सोमबार

नेपाल दूरसञ्चार प्राधिकरणले सरकारको निर्णयअनुसार टिकटक बन्द गर्न इन्टरनेट सेवा प्रदायकहरुलाई पत्रचार गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले समाजिक द्वेष फैलाएको भन्दै टिकटक बन्द गर्ने निर्णय गरेको थियो ।

लगतै दूरसञ्चार प्राधिकरणले सरकारको निर्णय कार्यान्वयनका लागि सेवा प्रदायकहरुलाई पत्रचार गरेको छ ।

दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोतम खनालले  भने, ‘हामीलाई टिकटकलाई पनि इमेल लेखेका छौं । २४ घन्टामा सबै ब्लक हुन्छ होला ।’

प्रकाशित मिति : २०८० कात्तिक २७ गते सोमबार