सूचनाको शक्ति - The Power Of Information

        

युक्रेनविरुद्ध लड्न रुसले पाकिस्तानबाट हेलिकोप्टर इन्जिन फिर्ता माग्यो

विश्वलाई ठूलो मात्रामा हतियार बेच्ने मुलुक रुसले कुनै दिन आफूले पनि हतियारको अभाव भोग्नुपर्छ भन्ने कल्पना पनि गरेको थिएन । तर, एक अन्तर्राष्ट्रिय पत्रिकाको भर्खरैको रिपोर्टअनुसार युक्रेनविरुद्ध लामो युद्धमा फसेको रुसका लागि यस्तो समय आएको छ र पुटिनलाई यो संकटसँग जुध्न असाधारण कदम चाल्न बाध्य पारेको छ ।

वाल स्ट्रिट जर्नलको रिपोर्टका अनुसार रुसले युक्रेनविरुद्ध चलिरहेको युद्धमा आफ्नो स्थिति बलियो बनाउन पाकिस्तान, इजिप्ट, ब्राजिल र बेलारुस जस्ता देशहरूको सहायत लिनुपरेको छ । रिपोर्टका अनुसार रुसले यी देशहरूलाई आफूले बेचेका लडाकु र कार्गो हेलिकप्टरको इन्जिन फिर्ता गर्न आह्वान गरेको छ ।

वास्तवमा, रूसले युद्ध सुरु गरेदेखि नै हेलिकोप्टरहरू यसको सैन्य अपरेसनहरूको महत्त्वपूर्ण भाग भएको जनाएको छ । तर युद्धको सुरुवाती दिनमा रुसले सयभन्दा बढी हेलिकप्टर गुमाउनु परेको थियो । यस्तो अवस्थामा एकातिर रुसले हेलिकोप्टरको इन्जिन र स्पेयर पार्ट्सको उत्पादन तीव्र बनाएको छ भने अर्कोतर्फ अन्य देशबाट हेलिकोप्टर र स्पेयर पार्ट्स ल्याउन बाध्य छ ।

प्रतिवेदनका अनुसार रुसले भारत र आर्मेनिया जस्ता देशलाई बेच्ने हतियारको आपूर्ति पनि रोक्नुपरेको छ । रुस विश्वको दोस्रो ठूलो हतियार निर्यातकर्ता हो र धेरै दशकको कडा परिश्रमपछि विश्व हतियार बजारमा यो स्थान हासिल गरेको छ । तर युक्रेनसँगको युद्ध अहिले तानिएको छ र हतियारको अभावले रुसका लागि ठूलो चुनौती खडा गरेको छ ।

वाल स्ट्रिट जर्नलको रिपोर्ट अनुसार रुसले हतियार र स्पेयर पार्ट्सको उत्पादन बढाएको छ तर आफ्नो आवश्यकता पूरा गर्न नसकेको र रुसले अहिले विमान, हेलिकप्टर, मिसाइल र रक्षा खरिद गर्ने देशसँग सम्पर्क गरेको छ । सोही रिपोर्टका अनुसार यस वर्ष रुसले पाकिस्तान, बेलारुस र ब्राजिललाई बेचेका सैन्य र कार्गो हेलिकोप्टरको इन्जिन फिर्ता लिन वार्ता गरेको छ ।

प्रकाशित मिति : २७ कार्तिक २०८०, सोमबार ११:४०

लोकप्रिय