सूचनाको शक्ति - The Power Of Information

        

डाबर च्यवनप्रास सेवन गर्दा के-के फाइदा ?

जाडोयाम सबैभन्दा धेरै प्रतीक्षा गरिने मौसममध्येको एक हो । तर, यस मौसममा चिसो तथा रुघाखोकीसहित श्वासप्रश्वासजन्य स्वास्थ्य समस्याको पनि उत्तिकै जोखिम हुन्छ । कम रोग प्रतिरोधात्मक क्षमता भएकाहरूमा त यसको जोखिम अझ बढी हुन्छ ।

मौसम परिवर्तनका क्रममा अचानक तापक्रम तलमाथि हुन्छ, जसले गर्दा रुघाखोकी, चिसो तथा फ्लूजस्ता संक्रमण लाग्ने गर्छ । यस्ता रोगहरूसँग लड्न रोग प्रतिरोधात्मक क्षमता बलियो हुनुपर्छ । बदलिँदो मौसममा रोग प्रतिरोधी क्षमता बढाउन डाबर च्यवनप्रास एक प्रभावकारी उपाय हो ।

डाबर च्यवनप्रास चिकित्सकीयरूपमा परीक्षण गरिएका ४१ भन्दा धेरै आयुर्वेदिक जडीबुटीहरूबाट बनाइएको छ, जसले प्रतिरक्षा प्रणालीलाई बलियो बनाउन मद्दत गर्छ । यसको सेवनले ब्याक्टेरिया, भाइरस, धुलोधुवाँ र मौसम परिवर्तनबाट दैनिकरूपमा लाग्न सक्ने संक्रमण (रुघाखोकी, चिसो आदि) बाट जोगाउँछ ।

डाबर च्यवनप्रासमा धेरै ’रासायन’ जडीबुटीहरू समावेश गरिएको छ, जसले ’इम्युनोमोड्युलेटरी इफेक्ट’बाट विभिन्न प्रकारका संक्रमणहरूलाई रोक्न मद्दत गर्छ । डाबरले च्यवनप्रासको प्रभावबारे थुप्रै चिकित्सकीय अध्ययनहरू पनि गरेको छ, जसले रोग प्रतिरोधात्मक क्षमता बढाउन र मौसमी संक्रमण तथा नाकको एलर्जीसहितका संक्रमणका लागि च्यवनप्रास निकै फाइदाजनक रहेको पुष्टि गरिसकेको छ ।

डाबर च्यवनप्रासमा रहेका मुख्य तत्वमा अमला रहेको छ, जुन प्रतिरोधी क्षमता विकास गर्ने गुणका लागि परिचित छ । साथै यसमा गुडुची, पिप्पली, शतावरी, विदारिकण्ड, हरिताकी, कान्तकारी, काकडसिङ्घी, भूम्यामालकी, वासाका, पुष्करमूल, पृष्णिपर्णी, शालापर्णी आदि जस्ता अन्य तत्त्वहरू समावेश छन् । जसले श्वासप्रश्वास प्रणालीको सामान्य संक्रमण र एलर्जीलाई कम गर्न मद्दत गर्छन् ।

यी सामग्रीहरूको समिश्रणले च्यवनप्रासलाई जाडोयाममा स्वास्थ्यलाई प्रतिरक्षा प्रदान गर्ने एक उत्तम मिश्रण बनाएको छ । साथै डाबर च्यवनप्रासले फोक्सोको शक्ति बढाउनमा पनि अदूभुत काम गर्न सक्छ । जाडो महिनामा यसलाई एक पुष्टकारीका रूपमा लिइन्छ । किनभने यसले म्युकस झिल्लीलाई पोषण दिएर श्वासप्रश्वास मार्गलाई सफा र स्वस्थ राख्न मद्दत गर्छ । समग्रमा हाम्रो शरीररलाई स्वस्थ र मजबुद राख्न सहयोग गरेर डाबर च्यवनप्रासले संक्रमणसँग लड्छ ।

प्रतिरक्षा बुस्टर

डाबर च्यवनप्रासको नियमित सेवनले हाम्रो शरीरको प्राकृतिक प्रतिरोध प्रणालीलाई बलियो बनाउन सहयोग गर्छ । च्यवनप्रासले संक्रमणबाट जोगाउन त सहयोग गर्छ नै सहज श्वासप्रश्वासको मार्ग सफा गरेर आरामदायीरूपमा श्वास फेर्न पनि मद्दत गर्छ । च्यवनप्रासले शरीमा हेमोग्लोबिन र सेतो रक्तकोषयको उत्पातनमा पनि सहायता गर्छ, जुन संक्रमणसँग लड्नका लागि महत्त्वपूर्ण हुन्छ ।

एक चम्चा डाबर च्यवनप्रास, फाइदा अनेक

डाबर च्यवनप्रास ४१ भन्दा धेरै आयुर्वेदिक जडीबुटीको समिश्रणबाट बनाइएको हो । अमलामा आधारित यसमा रहेका पिप्पली, अश्वगन्धा, शतावरी, मुलेठी, गिलोयजस्ता जडीबुटीहरू छन् । च्यवनप्रास एक पौष्टिक जाम हो, जसलाई आयुर्वेदले निकै राम्रो स्वास्थ्य लाभका लागि सिफारिस गरेको छ । संस्कृतमा प्राश शब्दको अर्थ विशेष रूपमा तयार गरिएको खाना हुन्छ ।

मान्छेलाई जवानीमा फर्काउमा दुईजना प्राचीन ऋषिहरूले वृद्ध ऋषि च्यवनलाई तयार पारेका हुन् । त्यसैकारण यसको नाम च्यवनप्रास रहन गयो । जडीबुटीलाई कोशिकाहरूमा लैजान सहयोग गर्न च्यवनप्रासमा घिउ, तिलको तेल र महलाई उत्प्रेरक एजेन्टको रूपमा प्रयोग गरिएको छ । यसमा रहेको भिटामिन सी र एन्टिअक्सिडेन्टले निकै राम्रो स्वास्थ्य लाभ दिने प्रमाणित भइसकेको छ ।

पाचन प्रणालीमा सहयोग गर्छ

डाबर च्यवनप्रासले पाचन प्रणालीलाई सुधार गर्न निकै महत्त्वपूर्ण भूमिका खेल्छ । ग्यासहरूको स्वस्थ सञ्चालन र नियमितरूमा विकारहरू हटाउन यसले सहयोग गर्छ । यसका साथै यसले ब्लड सुगर र कोलेस्ट्रोलको स्तर नियन्त्रण गर्छ । यो मेटाबोलिज्मलाई सक्रिय बनाउन पनि निकै राम्रो पूरक हो ।

छालामा निखार आउँछ

च्यवनप्रासले तपाईंको शरीरमा भएको विषाक्त पदार्थलाई बाहिर हटाएर तपाईं छालामा चकमता ल्याउन सहयोग गर्छ । साथै यसमा भएको अमला, घिउ र महले तपाईंको छालालाई स्वस्थ राख्न मद्दत गर्छ । यसको नियमित सेवनले तपाईंको छालामा पक्कै निखार आउने छ ।

स्रोत : एजेन्सी
प्रकाशित मिति : २७ कार्तिक २०८०, सोमबार ११:२२

लोकप्रिय