२०८२ माघ २५ , आइतबार 9, February 2026, Monday

भारत विश्वकपमा अपराजित, नेदरल्याण्डमाथि सानदार जित

सत्यपाटीसत्यपाटी । काठमाडौँ । २०८० कात्तिक २७ गते सोमबार

भारतले नेदरल्याण्डसमाथि फराकिलो जित हासिल गरेको छ । जारी आइसीसी क्रिकेट विश्वकप अन्तर्गत लिग चरणको अन्तिम खेलमा भारतले नेदरल्याण्डसलाई १६० रन अन्तरले पराजित गरेको हो ।

भारतले दिएको ४११ रनको लक्ष्य पछाएको नेदरल्याण्डस ४७.५ ओभरमा अल आउट हुँदै २५० रन बनाएपछि खेल १६० रनले हरेको हो ।

यसअघि भारतले टस जितेर पहिला ब्याटिङ गर्दै ५० ओभरमा ४ विकेट गुमाएर ४१० रन बनाएको थियो । योसँगै भारत लिग चरणमा अपराजित हुँदै सेमिफाइनल खेल्ने भएको छ ।

भारतको ९ खेलमा १८ अंक भएको छ । नेदरल्याण्डस भने ९ खेलमा २ जित र ७ हारसहित ४ अंक हासिल गर्दै अंकतालिकामा पुछारमा रहँदै विश्वकप समाप्त गरेको छ ।

प्रकाशित मिति : २०८० कात्तिक २७ गते सोमबार