२०८३ जेठ ३१ , आइतबार 14, June 2026, Sunday
आजकाे माैसम :

मुलुकका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना

सत्यपाटीसत्यपाटी । काठमाडौँ । २०८० कात्तिक २७ गते सोमबार

जल तथा मौसम विज्ञान विभागले हाल मुलुकमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ ।

वायुको प्रभावका कारण मुलुकका केही भूभागमा आज हल्का वर्षा र उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको हो ।  

विभागका अनुसार अहिले बिहान पहाडी भूभागमा आंशिक बदली रहेको छ । बाँकी भूभागको मौसम सफा रहेको छ ।

यस्तै, आज दिउँसो मुलुकका पहाडी क्षेत्रमा आंशिक बदली हुनुका साथै बाँकी भूभागमा मौसम सफा रहनेछ ।

उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

राति  सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशलगायत पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली रहने विभागले जनाएको छ । 

प्रकाशित मिति : २०८० कात्तिक २७ गते सोमबार