लक्ष्मीपूजाका लागि जलाइएको दियोबाट आगो सल्केर बाँकेको खजुरामा एक हार्डवेयर पसलमा आगलागी भएको छ । खजुरा ५ धनौली नजिकैको एक पसलमा आईतवार साँझ आगलागी भएको हो ।
लक्ष्मीपूजा गर्न जलाइएको दियोबाट सल्केको आगोले विष्णु वर्माले सञ्चालन गर्दैआएको धनौलीको बर्मा हार्डवेयरमा आगलागी भएको धनौली प्रहरीले जनाएको छ ।
आगलागीबाट पसलमा रहेको पेन्ट, सिमेन्ट तथा निर्माण सामग्री जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय धनौलीका प्रहरी निरीक्षक अशोक मल्लले बताउनुभयो ।
आगलागीबाट करिब ६ लाख बढीको क्षति भएको प्रहरीले प्रारम्भिक अनुमान गरेको छ । स्थानीयबासी र प्रहरीले झण्डै २ घण्टा लगाएर आगो निभाएका छन् ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । बाँके