सूचनाको शक्ति - The Power Of Information

        

भूकम्पले घरमा क्षति भएपछि त्रिपालमुनि जन्मियो बच्चा

भूकम्पले घरमा क्षति पुर्याएपछि एक महिलाले त्रिपालमुनि बच्चा जन्माएकी छन् । घरमा क्षति भएपछि त्रिपालमा बस्दै आएकी कुशे गाउँपालिका–७ धनरासीकी निरुता टमाटाले शनिबार राति त्रिपालभित्र स्वास्थ्यकर्मीको सहयोगमा नवजात शिशुलाई जन्म दिएकी हुन् ।

जाजरकोट भूकम्पबाट धेरै स्याथीयको घर तथा स्वास्थ्य संस्थामा क्षति भएको छ । यसैबीच कर्णाली प्रदेश सरकारले तिहारपछि पुनःस्थापनाका साथै पुनर्निर्माणका काम अगाडि बढाउने निर्णय गरेको छ ।

शुक्रबारको मन्त्रिपरिषद् बैठकले भूकम्पका कारण ध्वस्त भएका संरचनाको पुनर्निर्माण शुरु गर्ने निर्णय गरेको हो । प्रदेश सरकारले जाजरकोट र रुकुम पश्चिममा पुनर्निर्माणमा सघाउन सबै निकायसँग अपिल गरेको छ ।

मन्त्री परिषद्का निर्णयबारे जानकारी दिँदै प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णबहादुर जिसीले स्थायी आवास निर्माणको लागि आवश्यक स्रोतसाधन र जनशक्तिको व्यवस्था सङ्घीय सरकारलाई अनुरोध गर्ने निर्णय गरिएको बताए ।

भूकम्पमा ज्यान गुमाएकाका परिवारलाई रु दुई लाख रकम र घाइतेहरुको उपचारका लागि रकम तत्काल उपलब्ध गराउने निर्णय मन्त्रिपरिषद्ले गरेको छ ।

प्रकाशित मिति : २६ कार्तिक २०८०, आइतवार १०:५०

लोकप्रिय