सूचनाको शक्ति - The Power Of Information

        

‘पर्खी बसें तिमीलाई’को गीत ‘कालो चस्मा लाउ है माया’ रिलिज (भिडियो)

करिब २ दशक अगाडिको सुपरहिट फिल्म ‘बादलपारी’को कालजयी गीत ‘कालो चश्मा लाऊ है मैयाँ विशाल बजारको’लाई रिमेक भर्सन सार्वजनिक गरिएको छ ।

निर्देशक दीपक श्रेष्ठले आफू निर्देशित नयाँ फिल्म ‘पर्खि बसेँ तिमीलाई’मा समावेश गरेका छन् ।  सार्वजनिक गीतमा सुरेन्द्र राणाको शब्द रचना तथा शम्भुजित बाँस्कोटाको संगीत छ । रिमेक भर्सनमा प्रमोद खरेल र मिलन नेवारको स्वर रहेको छ l

यो फिल्मबाट किरण श्रेष्ठ र रक्षा बुढाथोकीले डेब्यू गर्दैछन् ।बुढाथोकीको निर्माण, कोमल गुरुङको सह-निर्माण, परिच्छेद सेन, मौनता श्रेष्ठ र पुरुषोत्तम ढुंगेलको लेखन, शम्भुजितसँगै दीपक शर्मा, महेश खड्का र बाबुल गिरीको संगीत, संकल्प भुजेलको छायांकन, भुपेन्द्र अधिकारीको सम्पादन, निशासँगै रामजी लामिछानेको नृत्य निर्देशन छ ।

रोमन फिल्मस् र तपश्री प्रोडक्सन (सिक्किम)को निर्माण रहेको फिल्ममा शिव श्रेष्ठ, अनिशा रसाइली, विल्सन विक्रम राई, मनिष श्रेष्ठ आदिको पनि अभिनय रहेको छ ।  फिल्म पुष २७ गतेबाट प्रदर्शनमा आउने छ ।

प्रकाशित मिति : २६ कार्तिक २०८०, आइतवार १०:०५

लोकप्रिय