सूचनाको शक्ति - The Power Of Information

        

विश्वकप क्रिकेटको सेमिफाइनल समीकरण पुरा

भारतमा जारी एक दिवसीय विश्वकप क्रिकेटको सेमिफाइनल समीकरण पुरा भएको छ ।

शनिवारको खेलमा इंग्ल्याण्डले पाकिस्तानलाई ९३ रनले हराएसँगै विश्वकपको सेमिफाइनल भिडन्त तय भएको हो ।

समुह चरणका शिर्ष स्थानमा रहेको भारतले सेमिफाइनलमा न्युजिल्याण्डको सामना गर्नेछ । यो खेल बुधवार मुम्बईको वाङ्खडे रंगशालामा हुनेछ ।

विहिवार हुने दोस्रो सेमिफाइनलमा अष्ट्रेलिया र दक्षिण अफ्रिका भिड्नेछन् । एक दिवसीय विश्वकप क्रिकेटको समुह चरणका खेलहरु आज सकिनेछन् ।

समुहको अन्तिम खेलमा आज दिउसो भारतले नेदरल्याण्ड्सको सामना गर्नेछ । खेल दिउसो सवा दुई बजे बैंगलुरुमा हुनेछ । तालिकाको शिर्ष स्थानमा रहेको भारत र पुछारमा रहेको नेदरल्याण्ड्सबिचको यो खेलको परिणामले सेमिफाइनल समीकरणमा कुनै प्रभाप पार्नेछैन ।

प्रकाशित मिति : २६ कार्तिक २०८०, आइतवार ०९:५१

लोकप्रिय