नेपाल हज समितिको सचिवालयले यसपालि सन् २०२४ (हज १४४५)को हजयात्राका लागि आवेदन दिने म्याद थप गरिएको छ ।
हजयात्रामा जानका लागि इच्छुक नेपाली इस्लाम धर्मावलम्बीलाई आवेदन दिनका लागि यही कात्तिक २२ गतेसम्मको म्याद रहेकामा त्यसलाई थप गरेर मङ्सिर १० सम्म पुर्याइएको नेपाल हज समितिका कार्यवाहक अध्यक्ष मकबुल मियाँले जानकारी दिए ।
अध्यक्ष मियाँले आवेदन दिन छुट भएका नेपाली मुस्लिम समुदायबाट यस वर्ष विगतका वर्षभन्दा छिटो हजको आवेदन खुलेकाले आवेदनको समय थप गर्न माग भएको हुँदा नेपाल हज समितिको निर्णयानुसार आवेदन दिने अवधि थप गरेर मङ्सिर १० सम्म तोकिएको उनले जानकारी दिए ।
इच्छुक आवेदकले आवेदन फाराम नेपाल हज समितिको सचिवालयको वेबसाइटबाट पनि लिन सकिने र थप जानकारी चाहिएमा सिंहदरबारस्थित सचिवालयमा सम्पर्क गर्न सकिने छ ।
यसपालि एक हजार दुई सय इस्लाम धर्मावलम्बीले हज गर्न सक्ने गरी साउदी अरब सरकारले नेपालीका लागि कोटा निर्धारण गरेको छ । हजका लागि गत साउनदेखि नै प्रक्रिया सुरु भएको थियो ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौँ