सूचनाको शक्ति - The Power Of Information

        

रुकुम पश्चिमका भूकम्पपीडितका टहरामा निःशुल्क बत्ती

नेपाल विद्युत् प्राधिकरणले रुकुम पश्चिमका भूकम्पपीडितका टहरामा निःशुल्क बत्ती जडान गरेको छ ।

भूकम्पबाट बढी प्रभावित भएको आठबीसकोट नगरपालिका र सानीभेरी गाउँपालिकामा निःशुल्क बत्ती जडान गरिएको हो ।

भूकम्पपीडित बसिरहेका सबै त्रिपालमा एक सय १५ ठाउँमा बत्ती जडान गरिएको प्राधिकरण रुकुम पश्चिमका प्रमुख शिवजी साहले राससलाई जानकारी दिनुभयो ।

आवश्यकताअनुसार थप ठाउँमा पनि बत्ती जडान हुने उहाँले बताउनुभयो । आठबीसकोटका वडा नं ११, १२, १३ र १४ तथा सानीभेरी गाउँपालिकाका वडा नम्बर १ र ४ मा निःशुल्क बत्ती जडान गरिएको छ ।

प्रकाशित मिति : २६ कार्तिक २०८०, आइतवार ०८:४८

लोकप्रिय