तिहार भन्ने वित्तिकै देउसी भैलो कानमा गुञ्जिहाल्छ । यमपञ्चकका पाँच दिन फरक फरक तरिकाले मनाइने भए पनि देउसी भैलो यस पर्वको अभिन्न पक्ष हो । पछिल्लो समय देउसी भैलोको सँस्कृतिभित्र विकृति मिसिदै जाँदा यो अनुपम सँस्कृतिको मौलिकता नासिने चिन्ता पनि बढ्न थालेको छ ।
बिगत ४ दशकदेखि तिहारमा देउसी भैलो भट्याउने ब्यक्तिमध्ये एक जना बरिष्ठ लोक संस्कृतिबिद टंक केसीले पछिल्लो समय देउसी भैलौ भट्याउने आफना साथी संगीनी नहुँदा र बिकृती भित्रिएका कारण बिगतमा जस्तो घर घरमा गइ देउसी खेल्न छोडेको पनि बषौं भइसकेको बताए ।
सांगितिक पर्व हो तिहार, पौराणिक कथन अनुसार बलिराजाको नाममा खेलिने खेल–गीत नै देउसी र भैलो हो । यमपञ्चकबाट तिहार सुरु भइ लक्ष्मी पूजाका दिनसम्म खेलिने भैलो र त्यसपछि खेलिने देउसीले नै तिहारको रौनक बढाउने गर्दछ । खासमा ‘देउसिरे’ देवश्री रामबाट अपभ्रंश भएर आएको मानिन्छ ।
अयोध्यावासीले आफ्ना राजाको आगमनमा खुसीयालीमा दियो बालेको र त्यो कालो रात दियाको उज्यालोले धर्ती जगमगाएको कथन रही आएको छ । त्यसबेला भगवान रामको नाम पुकार्दै मानिसहरु घरघर र टोलटोलमा घुमेका थिए । यहि प्रचलन अहिले देउसिरेको रुपमा विकास भएको भन्ने कथन पनि पाइन्छ ।
अर्को कथनमा निकै दानी राजाा बली प्रत्येक दिन दान गरेर मात्र आफु भोजन गर्थे । उनको यो पुण्यको कामले ठूलो ख्याती पायो । बली राजाले भगवान बिष्णुसंग बर्षमा एक पटक तिहारको बेला घुम्ने बर मागेकोमा विष्णुले बली राजालाई बर्षमा एकपटक पृथ्वीमा घुम्ने अनुमति दिएको कथन पनि छ ।
तिहारको बेला बली राजा पृथ्वीमा घुम्न आउने खुशीयालीमा दिप प्रज्वलन गरी नाच्दै गाउँदै घरघर जाने प्रचलन चलेको कथन पनि छ । त्यही भएर देउसी भैलो खेल्नेहरुले आफुहरु बली राजाको हुकुम अनुसार आएको भन्दै भट्याउने गर्छन् । भैलो बिशेष गरी छोरी मान्छेले खेल्ने र देउसी छोरा मान्छेले खेल्ने भए पनि पछिल्लो समय युवायुवती मिलेरै देउसी भैलो खेल्ने गर्छन् ।
सांस्कृतिक भेषभुषामा सजिएर घरघरमा गए खेलिने देउसी भैलोमा घरघरबाट गच्छे अनुसारको दान दक्षिणा दिने गरिन्छ । घरबेटीले पनि देउसी भैलो टोलीलाई पाहुनासरह सत्कार गर्ने गरेकोमा अहिले भने समय परिवर्तन भएको छ । त्यसको मुल कारण हो यो संस्कृतिमा भित्रिएको बिकृति ।
देउसी भैलो हाम्रो संस्कार र संस्कृति हो र यही यही संस्कारलाई जोगाइ राख्न बिभिन्न कलाकारहरुले देउसी भैलोका गीत निकाल्ने गरेका छन् । शहरी संस्कारमा हुर्किएका युवा पुस्तामा भने यसको रस विस्तारै कमजोर बन्दै गएको पाइन्छ । यस्ता अनुपम संस्कृतिहरुको जर्गेना गर्नु राज्य र समाजको पनि उत्तिकै दायित्व हो ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected], [email protected]
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected]
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं