सूचनाको शक्ति - The Power Of Information

        

गाजा युद्धमा यूएनआरडब्लूएका १०० भन्दा बढी कर्मचारीको मृत्यु

प्यालेस्टिनी शरणार्थीलाई सहयोग गर्ने संयुक्त राष्ट्रसङ्घीय निकाय यूएनआरडब्लूएका प्रमुखले गाजामा जारी युद्धमा आफ्ना १०० भन्दा बढी कर्मचारीको मृत्यु भएको शुक्रबार बताएका छन् ।

‘यूएनआरडब्लूएका अभिभावक, शिक्षक, नर्स, चिकित्सक, सहयोगी कर्मचारी गरी १०० भन्दा बढी सहकर्मी एक महिनामा मारिएको पुष्टि भएको छ,’ यूएनआरडब्लूएका प्रमुख फिलिप लाजारिनीले ट्विटरमा लेखेका छन् ।

‘यूएनआरडब्ल्यूए शोकमा छ । प्यालेस्टिनीहरूले शोक मनाइरहेका छन्, इजरायलीहरू शोक मनाइरहेका छन् । यस त्रासदीको अन्त्यका लागि अब मानवीय युद्धविरामको खाँचो छ,’ उनले लेखेका छन् ।

गत अक्टोबर ७ मा इजरायल र हमासबीच भएको युद्धपछि आफ्ना १०१ जना कर्मचारीको मृत्यु भएको संयुक्त राष्ट्रसङ्घीय निकायले एक भिडियो सन्देशमार्फत जनाएको छ ।

प्रकाशित मिति : २५ कार्तिक २०८०, शनिबार ०६:३२

लोकप्रिय