जाजरकोट भूकम्पबाट २६ हजार ५५७ घर पूर्णरूपमा क्षतिग्रस्त बनेको छ। ३५ हजार ४५५ घरमा आंशिक क्षति पुगेको गृह मन्त्रालयअन्तर्गतको विपद् पूर्वतयारी तथा प्रतिकार्य शाखाले जानकारी दिएको छ।
शाखाका अनुसार शुक्रबार बिहान १० बजेसम्म जाजरकोटमा भूकम्पबाट १ सय १ जनाको मृत्यु, १४५ घाइते र ९ हजार ७९४ घर पूर्णरूपमा क्षतिग्रस्त भएको छ। २४ हजार ७०७ घरहरूमा आंशिक क्षति पुगेको छ।
त्यस्तै रूकुम पश्चिममा भूकम्पबाट ५२ जनाको मृत्यु, २०० घाइते र १६ हजार ५७० घर पूर्णरूपमा क्षतिग्रस्त भएको छ। ९ हजार ९६१ घरहरूमा आंशिक क्षति पुगेको छ।
रूकुम पश्चिममा ९ घर पूर्ण क्षति भएको छ। १४८ घरमा आंशिक क्षति भएको शाखाले जानकारी दिएको छ। भूकम्पबाट रूकुम पश्चिममा १६ वटा सरकारी कार्यालय पूर्णरूपमा क्षतिग्रस्त र २१ वटा सरकारी कार्यालयमा सामान्य क्षति पुगेको शाखाको अद्यावधिक विवरणमा उल्लेख छ।
भूकम्पपछिको उद्धार, खोज र राहतमा जारकोट जिल्लामा २६२ जना सशस्त्र, ५११ जना नेपाली प्रहरी र ५०२ जना नेपाली सेनाको जनशक्ति खटिएको शाखाले जानकारी दिएको छ।
रूकुम पश्चिममा ११३ जना सशस्त्र, ३०० जना नेपाल प्रहरी र ४१३ जना नेपाली सेनाका जनशक्ति खटिएको पनि अद्यावधिक विवरणमा उल्लेख छ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । सुर्खेत