सूचनाको शक्ति - The Power Of Information

        

नरैनापुर गाउँपालिकाका अध्यक्ष शाह अस्पताल भर्ना

बाँकेको नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहको छातीमा समस्या देखिएपछि उहाँलाई उपचारका लागि भारतको लखनऊमा रहेको एक अस्पतालमा भर्ना गरिएको छ । अध्यक्ष शाहको छातीमा एक्कासि समस्या देखिएपछि उनलाई भारतको लखनऊस्थित अपोलो अस्पतालमा भर्ना गरिएको गाउँपालिकाले जनाएको छ ।

नरैनापुर गाउँपालिका वडा नं. २ का वडाध्यक्ष मसुद अहमद शाहले अध्यक्ष शाहको स्वास्थ्यमा समस्या आएपछि उनलाई तत्काल लखनऊ लगिएको बताए । अस्पतालमा भर्ना गरिएपछि शाहको स्वास्थ्यमा केही सुधार आएको र अवस्था सामान्य भएपछि अस्पतालबाट डिस्चार्ज गरिने उनले बताए ।

५४ वर्षीय अध्यक्ष शाहलाई छातीमा सङ्क्रमण भएको तर हाल उनको स्वास्थ्य अवस्था स्थिर रहेको चिकित्सकहरुले बताएका छन् । गत वर्ष पनि अध्यक्ष शाहलाई निमोनिया र इन्फ्लुइन्जाको सङ्क्रमण भएपछि लामो समय भारतको लखनऊस्थित अपोलो अस्पतालमा भर्ना गरेर उपचार गरिएको थियो । नियमित स्वास्थ्य परिक्षणका लागि भारतको लखनऊ पुगेको बेला एक्कासी छातीमा समस्या देखिएपछि उनलाई अस्पतालमा भर्ना गरिएको हो ।

प्रकाशित मिति : २४ कार्तिक २०८०, शुक्रबार १४:१९

लोकप्रिय