सूचनाको शक्ति - The Power Of Information

        

`दिमाग खराब´ को `हजुरी´ रिलिज (भिडियो)

फिल्म ‘दिमाग खराब’ले आफनो नयाँ गीत रिलिज गरेको छ । निर्माण टिमले ‘हजुरी’ बोलको गीत सार्वजनिक गरेका हुन् ।

सार्वजनिक गीत जयन जे वाइवाको शब्दरचना तथा संगीत छ । गीतमा स्वर जयन र मीना निरौलाको छ । गीतको भिडियोमा फिल्मका प्रमुख कालाकार खगेन्द्र लामिछाने र स्वस्तिमा खड्का मुख्य रुपमा फिचर भएका छन् ।

दयाहाङ राईलगायत  कलाकारलाई पनि भिडियोमा देख्न सकिन्छ । निश्चल बस्नेतले निर्देशन रहेको फिल्ममा खगेन्द्र लामिछाने, दयाहाङ राई, स्वस्तिमा खड्का, अपर्ण थापा, विजय बराल, सुमन कार्की, पुष्कर गुरुङ, माओत्से गुरुङ, राजन खतिवडा, रमा थपलियालगायत कलाकारको अभिनय छ ।

निर्देशक निश्चल बस्नेत र भिनेत्री सुपुष्पा भट्ट पनि फिल्मको एउटा गीतमा विशेष भूमिकामा देखिएका छन् । आकाश बरालको लेखन र मनोज पण्डित स्क्रिप्ट डाक्टर रहेको फिल्मले  राजनीतिक विषयमा केन्द्रित रहेर निर्माण भएको हो ।

उच्च शो पाएको फिल्मलेदेशकै ठुलो मल्टिप्लेक्स चेन क्युएफएक्सले फिल्मलाई काठमाडौं उपत्यकामा २५ शो पाएको छ, भने मोफसलका चेनमा ३३ शो उपलब्ध गराएको छ ।

यस्तै, दोस्रो ठुलो मल्टिप्लेक्स चेन आईएनआई सिनेमाज्ले १४ शो, वान सिनेमाज्ले १० शो, एफक्युबले ६ शो, बिग मुभिजले ५ शो, क्युज सिनेमाज्ले ५ शो, रञ्जना सिनेप्लेक्सले ७ शो, सिके सिनेमाज्ले ५ शो, सिने डी सेफले ३ शोमा अग्रीम टिकट बुकिङ पनि केही दिन अगाडिनै खोलिएको  थियो ।

प्रकाशित मिति : २४ कार्तिक २०८०, शुक्रबार १०:५१

लोकप्रिय