रुकुम-पश्चिममा भूकम्पका कारण ज्यान गुमाएका मृतकका परिवारलाई शुक्रबारदेखि राहत रकम वितरण गरिँदै छ।
सरकारले भूकम्पमा परी मृत्यु भएका मृतकका परिवारका लागि घोषणा गरिएको रु दुई लाख वितरण गर्न लागेको हो।
सहायक प्रमुख जिल्ला अधिकारी प्रवेश बढुवालका अनुसार आज सानीभेरी गाउँपालिकाबाट राहत रकम वितरण थालिनेछ।
सानीभेरीमा भूकम्पमा परी १० जनाले ज्यान गुमाएका थिए। ‘प्रति मृतकका परिवारलाई रु दुई लाखका दरले नगद दिइनेछ’, उनले भने।
शनिबार आठबीसकोट नगरपालिकामा राहत रकम वितरण गरिने सहायक प्रजिअ बढुवालले बताए।
आठबीसकोटमा भूकम्पका कारण ४२ जनाको मृत्यु भएको थियो। मृतकका नजिकका कानुनी हकवालालाई राहत रकम वितरण गरिने छ।
जाजरकोटमा भने नगद राहत वितरणमा समय लाग्ने भएको छ। अहिले राहत वितरणमै ध्यान केन्द्रित भएकाले नगद राहत वितरणमा समय लाग्ने सहायक प्रमुख जिल्ला अधिकारी हरिशचन्द्र शर्माले बताए।
मृतकका कानुनी हकवालाको पहिचान, मृत्यु दर्ता, प्रहरी मुचुल्कालगायत प्रक्रिया पूरा गर्न बाँकी नै रहेकाले नगद राहतका लागि पीडितले अझै केही समय कुर्नुपर्ने उनको भनाइ छ।
जाजरकोटमा भूकम्पबाट एक सय एक जनाको मृत्यु भएको थियो।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । सुर्खेत