सूचनाको शक्ति - The Power Of Information

        

शान्तिश्री र बिमलको ‘आलु मस्यौरा’ (भिडियो)

तिहारको पूर्व सन्ध्या पारेर एउटा रमाइलो लोक–दोहोरी गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

गायिका शान्तिश्री परियार तथा गायक बिमल श्रीपालीको स्वरको ‘आलु मस्यौरा’ बोलको गीत दर्शक तथा स्रोतामाझ आएको हो ।

नन्दु परियारद्वारा संगीतबद्ध यो गीतका शब्दहरु मिलन गुरुङले रचना गरेका हुन् ।

यो गीतको म्युजिक भिडियोलाई अभिनेत्री पावला (पवित्रा आचार्य) ले निर्देशन गरेकी हुन् । भिडियोमा दिव्यानी ओली तथा उमेश खड्गीलाई फिचर गरिएको छ ।

सुभाष भट्टद्वारा कोरियोग्राफी गरिएको यो भिडियोमा पवन सुस्लिङको छायांकन तथा सम्पादन छ । मिलन गुरुङ यो भिडियोका निर्माता हुन् ।

प्रकाशित मिति : २४ कार्तिक २०८०, शुक्रबार ०९:१२

लोकप्रिय