२०८३ असार २ , मंगलबार 16, June 2026, Tuesday

गाजामा दैनिक ४ घण्टा आक्रमण स्थगन

सत्यपाटीसत्यपाटी । काठमाडौँ । २०८० कात्तिक २४ गते शुक्रबार

इजरायलले गाजामा दिनको ४ घण्टा सैनिक आक्रमण स्थगित गर्ने भएको छ ।

अमेरिकाले उत्तरी गाजा क्षेत्रमा सर्वसाधारणलाई बाहिर निस्कन दिनका लागि दिनको ४ घण्टा सैनिक आक्रमण स्थगित गर्नै तयारी गरेको जनाएको हो ।

अमेरिकी राष्ट्रपति जो बाइडनले त्यस क्षेत्रमा अत्यावश्यक सामग्री पु¥याउन पनि इजरायली कदम सकारात्मक हुने उल्लेख गर्नुभएको छ ।

यसअघि, इजरायली सेनाले मानवीय सहायताका लागि केही समय स्थानीयस्तरमा कारवाही स्थगित गरेपनि युद्धविराम भने नहुने जनाएको थियो ।

प्रकाशित मिति : २०८० कात्तिक २४ गते शुक्रबार