प्रहरीले एक युवकको हत्या आरोपमा छिमेकीसहित सात जनालाई पक्राउ गरेको छ । अछामको पञ्चदेवल विनायक नगरपालिका– ८ का १८ वर्षीय दीपेन्द्रबहादुर शाहीमाथि कार्तिक ११ गते ढुङ्गा प्रहार भएको थियो ।
ढुङ्गा प्रहारबाट गम्भीर घाइते भएका शाहीको कार्तिक १७ गते कर्णाली प्रादेशिक अस्पताल सुर्खेतमा उपचारको क्रममा मृत्यु भएको थियो । बिहीबारमात्रै काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले हत्याको आरोपमा छिमेकी रहेकी ३० वर्षीया लक्ष्मी सुनारलाई काठमाडौंबाट पक्राउ गरेको छ ।
उनीसहित अहिलेसम्म ७ जना पक्राउ परेको अछाम जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक सन्तोष पाठकले जानकारी दिए । घटनाको अनुसन्धान गरिरहेका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक राजेन्द्र साउदले टिकटकमा भएको विवादका कारण युवकको हत्या गरिएको हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट देखिएको बताए ।
‘टिकटकमा भएको विवाद बढ्दै गएपछि हत्या गरिएको प्रारम्भिक अनुसन्धानमा देखिएको छ,’ प्रहरी निरीक्षक साउदले भने, ‘किटानी जाहेरीमा रहेका सबैलाई हामीले पक्राउ गरिसकेका छौं । थप अनुसन्धान र बयान बाँकी छ ।’
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected], [email protected]
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected]
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । अछाम