आज चार वटा प्रदेशका पहाडी र हिमाली भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाखाशाले जनाएको छ ।
मौसम पूर्वानुमान महाखाशाका अनुसार कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिमका उच्च पहाडी र हिमाली भेगका १–२ स्थानमा हल्का वर्षाको सम्भावना छ ।
साथै, उच्च पहाडी र हिमाली भेगका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ । पश्चिमी वायुको आंशिक प्रभावका कारण आज दिउँसो पहाडी भेगमा आंशिक बदली रही बाँकी भूभागको मौसम सफा रहनेछ ।
गण्डकी, कर्णाली र सुदूरपश्चिमका पहाडी भेगका १–२ स्थानमा हल्का वर्षाको सम्भावना छ । यस्तै, देशको उच्च पहाडी र हिमाली भेगका १–२ स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाखाशाले जनाएको छ ।
आज राति सुदूरपश्चिम लगायत बाँकी पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भेगको मौसम सफा रहनेछ । कर्णाली र सुदूरपश्चिमका पहाडी भेगका १–२ स्थानमा हल्का वर्षाको सम्भावना छ । यस्तै, उच्च पहाडी र हिमाली भेगका १–२ स्थानमा हल्का हिमपातको सम्भावना छ ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं