सूचनाको शक्ति - The Power Of Information

        

आज धनतेरस पर्व, के के सामान किन्दा लाभ हुन्छ ?

धनतेरस पर्व कात्तिक कृष्ण त्रयोदशीमा मनाइन्छ । धार्मिक मान्यताका अनुसार समुद्र मन्थनका क्रममा अमृतको कलश लिएर देवताका वैद्य धन्वतरी प्रकट भएका थिए । स्वास्थ्य रक्षा र आरोग्यका लागि यो दिन धन्वतरी देवताको उपासना गर्ने गरिन्छ ।

यो दिनलाई कुबेरको दिनका रुपमा पनि मानिन्छ । र धन सम्पन्नताका लागि कुवेरको पूजा गर्ने गरिएको छ । यस दिन मानिसले मूल्यवान धातुका साथमा नयाँ भाँडा कुडा र गरगहना किन्ने गर्छन् । त्यहि भाडा तथा मूर्तिमा दीपावलीको पूजा गर्ने प्रचलन रहेको छ । आज हिन्दूधर्मावलम्वीले धनतेरस पर्व मनाउँछन् ।

धनतेरसमा के किन्ने ?

धातुका भाडा जसमा पानीको सामाग्री भए धेरै राम्रो

गणेश लक्ष्मीको मूर्ति

माटो वा फलामको दीयो ।

धन यन्त्र

आर्थिक लाभका लागि पानीका भाडा

कारोबारमा विस्तारका लागि धातुको दियो

सन्तान सम्बन्धी समस्याका लागि तामाको थाली

स्वास्थ्य तथा आयुका लागि घन्ट

घरमा सुख शान्ति र प्रेमका लागि खाना पकाउने भाडा

प्रकाशित मिति : २४ कार्तिक २०८०, शुक्रबार ०५:४१

लोकप्रिय