लुम्बिनी प्रदेशमा कार्यरत कर्मचारीले जाजरकाेट, रुकुम पश्चिमलगायत क्षेत्रका भूकम्प पीडितलाई राहत दिने भएका छन् ।
प्रदेशमा कार्यरत सबै कर्मचारीले एक दिनदेखि तीन दिनसम्मको तलब भूकम्प पीडितलाई दिने निर्णय भएकाे मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपसचिव यमकान्त पाण्डेले जानकारी दिनुभयाे ।
बुधवार बसेको सचिवस्तरीय निर्णयअनुसार ११ औँ तह वा त्याेभन्दा माथिका कर्मचारीले तीन दिनको तलब, अधिकृत छैटाैँदेखि १० औँ तह वा त्याे सरहसम्मका कर्मचारीले दुई दिनको तथा सहायक स्तर र तहविहीन कर्मचारीले एक दिनको तलब भूकम्प पीडितलाई दिने भएका हुन् ।
कर्मचारीले दिने रकम कर्णाली प्रदेश सरकारको विपद् व्यवस्थापन कोषमा उपलब्ध गराउने निर्णय भएकाे प्रमुख सचिव राधिका अर्यालले जानकारी दिनुभयो ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected], [email protected]
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected]
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । बाँके