२०८३ जेठ २५ , सोमबार 8, June 2026, Monday

जाजरकोट र रुकुममा एमालेले १ हजार स्वयंसेवक खटाउने

सत्यपाटीसत्यपाटी । काठमाडौँ । २०८० कात्तिक २२ गते बुधबार

नेकपा एमालेले जाजरकोट र रुकुम पश्चिका भूकम्प पीडितको आवास निर्माणमा एक हजार स्वयंसेवक खटाउने भएको छ ।

आवास निर्माणका लागि आगामी मंसिर १ गतेबाट एक हजार स्वयंसेवक पार्टीले खटाउने सचिवालय बैठकले निर्णय गरेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।

‘एक हजार स्वयं सेवकहरु मंसिर एक गतेबाट खटिनुहुनेछ । हामी ५ हजार कार्यदिनभन्दा बढी हामी त्यहाँ खट्नेछौ’, ज्ञवालीले भने, ‘त्यो एक करोड भन्दा बढीको श्रम हुनेछ ।

जसमा हजारौ अस्थाई आवास बनाएर नागरिकहरुलाई न्यानो प्रदान गर्नेछौ ।’ स्वयंसेवक संयोजनको काम एमाले कर्णाली प्रदेशले गर्नेछ ।

प्रकाशित मिति : २०८० कात्तिक २२ गते बुधबार