बाँकेको कोहलपुरमा जारी ‘मुख्यमन्त्री कोहलपुर गोल्ड कप प्रतियोगिता २०८०’ मा दुधौली स्पोट्र्स क्लब सिन्धुलीलाई पराजित गर्दै त्रिभुवन आर्मी फुटबल क्लब काठमाडौँ फाइनलमा प्रवेश गरेको छ ।
कोहलपुरस्थित तेह्र बिगाह खेल मैदानमा सोमबार भएको खेलमा त्रिभुवन आर्मी फुटबल क्लब काठमाडौँले दुधौली स्पोट्र्स क्लब सिन्धुलीलाई ४—१ गोलको अन्तरले पराजित गर्दै त्रिभुवन आर्मी क्लब फाइनलमा प्रवेश गरेको खेल संयोजक रामबहादुर मल्लले जानकारी दिनुभयो ।
दुधौली स्पोर्ट्स क्लब सिन्धुलीका खेलाडी अजय कुमार श्री वास्तवले खेल सुरु भएको २९औँ मिनेटमा गोल गर्नुभएको थियो । त्यसको विरुद्ध त्रिभुवन आर्मीका खेलाडी टङ्क बस्नेतले खेल सुरु भएको ३४ र ६१औँ मिनेटमा दुई गोल गर्न सफल हुनु भएको थियो । आर्मीकै खेलाडी मानबहादुर आले मगरले खेल सुरु भएको ७३औँ मिनेटमा गोल गर्न सफल हुनुभएको थियो ।
त्रिभुवन आर्मी फुटबल क्लब काठमाडौँका खेलाडी मानबहादुर आले मगर म्यान अफ द म्याच घोषित हुनुभयो । आले मगरलाई कोहलपुर वडा नं १२ का वडा अध्यक्ष वीरेन्द्र कुमार शाहले नगद ५ हजार रुपियाँ रकम हस्तान्तरण गर्नुभएको थियो ।
उपाधिका लागि त्रिभुवन आर्मी र चर्च व्वाईज भिड्ने
कोहलपुरमा जारी मुख्यमन्त्री कोहलपुर गोल्ड कप प्रतियोगिता २०८० को उपाधिका लागि त्रिभुवन आर्मी र चर्च व्वाईजबिच २२ गते बुधवार खेल हुने भएको छ ।
त्रिभुवन आर्मी फुटबल क्लब काठमाडौँ र दुधौली स्पोर्ट्स क्लब सिन्धुलीबिच भएको आजको खेलमा ४-१ गोल गर्दै त्रिभुवन आर्मी फुटबल क्लब काठमाडौँ फाइनलमा प्रवेश गरेको हो । प्रतियोगिता सुरु भएको तेस्रो दिनमा भएको खेलमा चर्च व्वाईज यूनाईटेडले गोर्खा व्वाईजलाई ३-० ले पराजित गर्दै फाइनलमा पुगेको थियो ।
प्रतियोगितामा अफ्रिकन देश क्यामरुनको एभिनियर एफसिसहित नेपालका चर्च व्वाइज यूनाइटेड काठमाडौँ, गोर्खा व्वाइज स्पोर्टस क्लब बुटवल, सुदूरपश्चिम ११, स्पोर्ट्स क्लब धनगढी, त्रिभुवन आर्मी फुटबल क्लब काठमाडौँ, कोहलपुर रेसिङ साहारा क्लब कोहलपुर, वि।एफ।सी। चितवन क्लब चितवन, र दुधौली स्पोर्ट्स क्लब सिन्धुली गरी ८ टोलीको सहभागिता रहेको खेल संयोजक रामबहादुर मल्लले जानकारी दिनुभयो ।
प्रतियोगिताका विजेतलाइ ८ लाख रुपियाँ र उपविजेता लाई ४ लाखसहित ट्रफी प्रदान गरिने रेसिङ्ग साहारा क्लबका अध्यक्ष चक्र क्षेत्रीले जानकारी दिनुभयो । प्रतियोगिता कात्तिक २२ गते सम्पन्न हुनेछ ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । बाँके