जाजरकोटको रामीडाँडा केन्द्रविन्दु बनाएर गत शुक्रबार राति गएको भूकम्पयता उक्त क्षेत्रमा परकम्प जाने क्रम रोकिएको छैन । गत शुक्रबार राति ११ बजेर ४७ मिनेटमा रामीडाँडा केन्द्र बनाएर ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र सुर्खेतका अनुसार रामीडाँडा केन्द्र बनाएर ६.४ म्याग्निच्युडको भूकम्प गएपछि त्यसको परकम्प जाने क्रम रोकिएको छैन । त्यसयता रामिडाँडा र त्यसको आसपासमा परकम्प गइरहेको छ ।
केन्द्रका अनुसार आज बिहान सात बजेसम्म ४३९ वटा परकम्प गइसकेको छ । शुक्रबार राति ११ः४७ बजेको भूकम्पपछि ४.० म्याग्निच्युडभन्दा माथिका ९ वटा परकम्प गइसकेको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
प्रकाशित मिति : २०८० कात्तिक २१ गते मंगलबार
सत्यपाटी