सूचनाको शक्ति - The Power Of Information

        

तेस्रो रात पनि भूकम्पपीडित खुला आकाशमुनि !

शक्तिशाली भूकम्पले घरमा क्षति पुग्दा सडकमा बस्न बाध्य भूकम्प प्रभावितले तेस्रो रात पनि खुला आकाशमुनि नै बिताएका छन् । चिसो बढ्दै गएको छ । साँझ छिप्पिएसँगै शीत पर्न थाल्छ । घरभित्रै पनि प्रयाप्त ओढ्ने ओछ्याउने नहुँदा जिउ काँप्न थाल्छ । तर, जाजरकोट सदरमुकामकै भूकम्प पीडितले तेस्रो रात पनि खुला आकाशमुनी नै बिताएका छन् ।

गएराति १२ बजे जाजरकोटको सदरमुकाम खलङ्गा सुनसान थियो । सदरमुकाको प्रहरी चौकी नजिकै पिपलको बोटमुनि रहेको चौतारोको भूईभरि भूकम्प पीडित सुतिरहेका थिए । पाल पनि टाँगिएको थिएन । चौतारा वरिपरि लस्करै सुतिरहेका उनीहरूसँग ओढ्ने ओछ्याउने पनि प्रशस्त थिएन । कतिपयले भूइमै म्याट ओछ्याएका थिए । कतियसँग ब्याल्याङ्केट पनि थिएन ।

कोही त्रिपालै ओढेर पल्टिरहेका थिए । सदरमुकाममै भए पनि उनीहरूलाई कसैले सहयोग गरेनन् । किनकि, उनीहरूका घर भत्किएका थिएनन्, चर्किएका मात्रै थिए । घर चर्किएर भित्र बस्न नसकिएने भए पनि उनीहरू चौतारामा सुत्न थालेको तीन रात भइसक्यो । खुलाा आकाशमुन रात बिताइरहेका भूकम्प पीडितमा बालबालिका र वृद्धवृद्धा पनि छन् ।

प्रकाशित मिति : २१ कार्तिक २०८०, मंगलवार ०८:३३

लोकप्रिय