नेपालगन्ज उद्योग वाणिज्य संघ बाँकेले जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितलाई सवा तीन लाख रुपैयाँभन्दा बढीको राहत सामग्री सहयोग गरेको छ ।
नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष धामीले उद्योग वाणिज्य संघ जाजरकोटका अध्यक्ष रमेश केसीमार्फत जाजरकोटका सहायक प्रमुख जिल्ला अधिकारी हरिशचन्द्र शर्मालाई सोमबार साँझ राहत सामग्री हस्तान्तरण गरेका थिए ।
सो अवसरमा उपाध्यक्ष मन्दिरा पाण्डे, महासचिव भीमबहादुर रानाभाट, विपद व्यवस्थापन समिति संयोजक तथा कार्य समिति सदस्य टीकामणि उपाध्याय, कार्यसमिति सदस्य इन्दिराकुमारी शाहीलगायतको सहभागिता रहेको थियो ।
राहत सामग्री हस्तान्तरण गर्दै अध्यक्ष धामीले भूकम्पबाट चहराइरहेको पीडितको घाउमा थोरै भए पनि मल्हम लगाउने होस् भनेर राहत वितरण गर्न आएको बताए ।
संघले उपलब्ध गराएको राहत सामग्रीमा १४४ थान कम्मल, चौध क्वीन्टल चिउरा, २० बोरा भुजा, १० बोरा दालमोठ, बिस्कुट २० पेटी, चाउचाउ १५० पेटी, पानी ५० पेटी र पीफर्म ५ रोल रहेको महासचिव भीमबहादुर रानाभाटले जानकारी दिए ।
यी सामग्री जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितलाई आधा आधा बाँडेर सम्बन्धित जिल्लाका उद्योग वाणिज्य संघ मार्फत हस्तान्तरण गरिएको थियो ।
संघले उपलब्ध गराएको राहत सामग्री जिल्ला प्रशासन कार्यालय जाजरकोटले तत्कालै कुशे गाउँपालिकाका भूकम्प पीडितका हस्तान्तरण गरेको थियो । राहत वितरण अघि संघको टोलीले भूकम्प प्रभावित क्षेत्रको स्थलगत अवलोकन गरेको थियो ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected], [email protected]
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected]
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । बाँके