२०८३ वैशाख १७ , बिहीबार 30, April 2026, Thursday

भेरी अस्पतालमा दुई घाइते थपिए, दुई डिस्चार्ज

सत्यपाटीसत्यपाटी । बाँके । २०८० कात्तिक २१ गते मंगलबार

नेपालगञ्जकाे भेरी अस्पतालमा दुईजना भूकम्पका घाइते थपिएका छन्। याेसँगै अहिले अस्पतालमा ४६ जना घाइतेकाे उपचार भइरहेकाे छ।

भेरी र मेडिकल कलेजमा एक-एक जना गरी दुई जना डिस्चार्ज भएका छन्।

मंगलबार बिहान ६ बजेकाे अपडेटमा जाजरकाेट र पश्चिम-रुकुमबाट ४९ जना घाइते आएकाेमा एक जनाकाे मृत्यु र दुई जना डिस्चार्ज भएका छन्।

यहाँ २६ महिला र २३ पुरुषलाई उपचारका लागि ल्याइएकाे थियाे।

भूकम्पका फाेकलपर्सन नरेश श्रेष्ठले उपचारमा रहेका सबैजसाे घाइते खतरामुक्त रहेकाे बताए।

प्रकाशित मिति : २०८० कात्तिक २१ गते मंगलबार