संयुक्त राष्ट्रसंघले इजरायली हमलाका कारण गाजा क्षेत्र बालबालिकाको चिहान बनेको दाबी गरेको छ ।
राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले गाजापट्टीमा भइरहेको इजरायली हमलाका कारण उक्त क्षेत्र बालबालिकाको चिहान बन्दै गएको बताउनुभएको हो ।
मानवीय दृष्टीकोणले युद्धविराम अति जरुरी भन्दै गुटरेसले गाजापट्टीमा इजरायली हवाइ आक्रमणले पछिल्लो समय भयानक रुपमा सर्वसाधारणको हत्या भइरहेको बताउनु भएको हो ।
मानवीय युद्धविरामका लागि विश्वका कयौं मुलुकहरुले गरेको अपील इजरायलले अस्वीकार गर्दै आएको छ ।
इजरायलले गाजापट्टीमा हमासको अखडामा हवाइ र स्थलगत आक्रमण जारी राख्दा अहिलेसम्म १० हजार बढी प्यालेस्टाइनीको मृत्यु भइसकेको छ ।
मारिनेमा ४ हजार १ सयभन्दा बढी बालबालिका रहेको हमासद्वारा संचालित स्वास्थ्य मन्त्रालयको दावी छ ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौँ