सूचनाको शक्ति - The Power Of Information

        

जाजरकोट भूकम्प

कर्णाली सरकारको सबै संयन्त्र भूकम्प प्रभावित क्षेत्रमा

कर्णाली प्रदेश सरकारले आफ्ना सबै संयन्त्र भूकम्प प्रभावित क्षेत्रमा केन्द्रित गरेको छ । मुख्यमन्त्री राजकुमार शर्मा आफ्नो गृह जिल्ला रुकुममा छन् भने आर्थिक मामिला तथा योजनामन्त्री वेदराज सिंह पनि गृह जिल्ला जाजरकोटमा छन् ।

सामाजिक विकासमन्त्रीसहितका अन्य मन्त्रीहरू पनि भूकम्प प्रभावित क्षेत्रमा खटिएका छन् भने प्रदेशका कर्मचारीहरू पनि जाजरकोट र रुकुम पश्चिम केन्द्रित भएका छन् ।

यसैबीच, प्रदेशको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयले सोमबार जाजरकोटको अति प्रभावित नगरपालिका नलगाड र रुकुम पश्चिमको आठबीसकोट नगरपालिकामा भूकम्पपीडितलाई राहत वितरण गरेको छ ।

उद्धार क्षेत्रमा रहेका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री कृष्णकुमार विसीले अति प्रभावित नागरिकले न्यानो कपडा नपाएको गुनासो गरेको भन्दै सहयोगका लागि आग्रह गरे ।

भूकम्पपश्चात् पहिलोपटक प्रभावित क्षेत्रमा राहत वितरणको अनुगमनमा पुगेका मन्त्री विसीले बढ्दो जाडो र बारम्बार आउने परकम्पको धक्काले नागरिकलाई थप त्रसित बनाएको बताए ।

प्रकाशित मिति : २१ कार्तिक २०८०, मंगलवार ०५:५१

लोकप्रिय