केही दिनदेखि सामाजिक सञ्जाल टिकटकमा एउटा भिडियोले निकै तरंग मज्जायो । टिकटकमा वक्षस्थल खोलेर देखाएर ‘थ्याक यू, थ्याक यू’ भन्दै लाइभमा छाएकी शान्ति बराललाई नेकपा माओवादी केन्द्र रूपन्देहीले कारवाही गरेको हो ।
टिकटक लाइभमा गोप्य अंग प्रदर्शन गरेर विवादमा आएकी माओवादी केन्द्र सैनामैनाकी नेतृ शान्ति बराल पार्टीबाट निष्काशित भएकी छन् । वाइसीएल सैनामैनाको अध्यक्षसमेत रहेकी बरालले एक हप्ताअघि टिकटक लाइभका क्रममा ब्लाउज खोलेर आफ्नो स्तन टिकटक प्रयोगकर्तालाई देखाएकी थिइन् ।
त्यसरी स्तन देखाएपछि टिकटक साथीहरुले उपहार दिएपछि उनले पटक–पटक ‘थ्याक यू, थ्याक यू’ भनेकी थिइन् । उनको उक्त गतिविधिको चौतर्फी आलोचना भएपछि उनले विज्ञप्ति निकालेर इडिट गरेर आफूलाई बद्नाम गर्न खोजिएको दावी गरेकी थिइन् ।
तर फेसबुक वालमा राखिएको उक्त विज्ञप्तिमा अधिकांश फेसबुक प्रयोगकर्ताले आफूहरुले बरालको हर्कत लाइभ देखेको भन्दै यस्तो झुठो विज्ञप्तिको अर्थ नभएको टिप्पणी गरेपछि विज्ञप्ति नै हटाएकी थिइन् । बरालले मुख्यमन्त्री कार्यालयमा माओवादी जिन्दावाद भन्दै बनाएको भिडियो समेत विवादित बनेको थियो ।
माओवादी केन्द्र सैनामैना नगर अध्यक्ष नारायण महत र सचिव दीपक भण्डारीले संयुक्तरुपमा प्रेस विज्ञप्ति जारी गर्दै बरालले नेपाली समाजको सामाजिक मर्यादा तथा पार्टीको सांस्कृतिक आचरण विपरित हर्कत गरेको हुँदा पार्टीको सम्पूर्ण जिम्मेवारी साधारण सदस्यसमेत नरहने गरी निश्कासन गरिएको उल्लेख गरेका छन् ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं