सूचनाको शक्ति - The Power Of Information

        

आज २०८० कार्तिक २१ गते मंगलवारको राशिफल

२०८० कार्तिक २१ गते मंगलवार, ७ नोभेम्बर २०२३ । कार्तिक कृष्णपक्ष दशमी तिथि । मघा नक्षत्र, १७ः१७ बजेपछि पूर्वफाल्गुनी । चन्द्रराशि सिंह ।

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ

अवसर प्राप्त हुनुका साथै भाग्यले साथ दिनेछ । प्रयत्न गरेका काम सजिलै सम्पादन हुनेछन् । अध्ययनमा राम्रो उपलब्धि प्राप्त हुनेछ । बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ । प्रतिष्ठित काम सम्पादन गर्ने मौका छ । फाइदाको स्रोत पहिल्याउन सकिनेछ । सेवामूलक कामबाट धनलाभ हुनेछ । प्रतीक्षा गरिएको नतिजा सबल रहनेछ । सन्तान वा अनुयायीले साथ दिनेछन् ।

वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

परिस्थिति आफ्ना लागि अलि प्रतिकूल रहनेछ । हडबड गर्नाले काम बिग्रन सक्छ । बेसुरमा वचन दिने बानीले अप्ठ्यारोमा पार्नेछ । तापनि साथीभाइहरू जुट्नाले चिताएको काम बन्न सक्छ । पशुधन र जमिनबाट सामान्य लाभ मिल्नेछ । परिवारमा आमाको माध्यमबाट काम बनाउन सकिनेछ । धेरै फाइदा उठाउन नसकिए पनि समस्या सुल्झाउन सकिनेछ ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह

परिस्थितिवश चिताएको काम रोकिन सक्छ । आफ्नो मिहिनेतबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन् । मौका आए पनि काम थाल्नुअघि राम्ररी विचार पुर्याउनुहोला । व्यवसायमा बाधा पुग्नेछ भने अरूका लागि बुद्धि खर्चनुपर्ने देखिन्छ । व्यवसायभन्दा सेवामूलक कामबाट राम्रो उपलब्धि प्राप्त हुनेछ । तत्काल ठूलो फाइदा नदेखिएकाले लाभ उठाउन हतार नगर्नुहोला ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो

बुद्धिको उपयोगले विद्या तथा धन आर्जन हुनेछ भने सानो प्रयत्नले ठूलो काम बन्नेछ । मिहिनेतले सम्मानित स्थान दिलाउनेछ । प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ । बोलीको भरमा चिताएको काम सम्पादन हुन सक्छ । विचारले धेरैलाई आकर्षण गर्ने समय छ । प्रशंसकहरू बढ्नेछन् । सहयोगीहरूले साथ दिनेछन् भने रोकिएका काम पनि सम्पादन हुनेछन् ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे

नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन् । प्रतिष्ठित काम गर्दै नाम र दाम कमाउने बेला छ । रचनात्मक काम प्रारम्भ गर्ने समय छ । सहयोगीहरूले राम्रो साथ दिनेछन् भने पहिलेको सफलताले पनि थप काम गर्न हौसला प्रदान गर्नेछ । बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ । रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त होला ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो

आफ्नै बेहोसीले नोक्सान पुर्याउन सक्छ । बलजफ्तीले पनि बाधा पुर्याउनेछ । घरखर्च बढ्नुका साथै अर्थ अभावले सताउन सक्छ । होसियारीसाथ काममा जुट्नुहोला । विदेश भ्रमणका लागि प्रयत्न गर्ने समय छ । अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला । दोहोर्याएर प्रयत्न गर्दा रोकिएको काम सम्पादन हुन सक्छ । टाढाबाटै साथीभाइले काममा साथ दिनेछन् ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते

प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ । आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् । पहिले गरेका कामबाट प्रशस्त लाभ हुनेछ । आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ । कृषि, पशुपालन तथा व्यापारमा प्रशस्त फाइदा हुनेछ । चल–अचल धनको उपयोगबाट मनग्गे फाइदा उठाउन सकिनेछ । दिगो फाइदा हुने काममा जग बसाउने मौका प्राप्त हुनेछ ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु

मिहिनेत परे पनि काम सम्पादन गर्न समय लाग्नेछ । अवसरका लागि विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला । विगतका कमजोरी बाहिर आउनाले पनि व्यवहारमा समस्या पर्ला । आफ्नैले काम बिगार्न सक्छन् । नयाँ योजना प्रारम्भ गर्न उपयुक्त साइत पर्खनुहोला । काम दोहोर्याउनुपरे पनि समस्या सुल्झाउन सफल भइनेछ । मिहिनेत गर्दा पछिका लागि फाइदा हुनेछ ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

तारिफयोग्य कामको चर्चा हुनेछ । उपलब्धिको स्रोत प्राप्त हुनुका साथै दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ । प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ । मिहिनेतले विशेष स्थान दिलाउन सक्छ । विभिन्न अवसरले पछ्याउनेछन् भने दिगो काममा जग बसाउने अवसर जुट्नेछ । विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्न सक्छ । व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा होला ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि

अस्वस्थताले कमजोरीको अनुभूति हुनेछ । बेसुरको निर्णयले समस्या आउला । बलजफ्तीले काम बिग्रन सक्छ । परिस्तिथिवश काममा ढिलासुस्ती हुन सक्छ । अप्रिय समाचारले मन खिन्न बनाउला । अध्ययनमा पछि परिनेछ भने व्यापारमा सोचेको फाइदा नउठ्ने देखिन्छ । नयाँ योजना प्रारम्भ गर्न उपयुक्त साइत पर्खनुहोला । नतिजा सच्याउन काम दोहोर्याउनुपर्ला ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द

मनोरञ्जनमा अलमलिँदा काममा पछि परिनेछ । परिस्थिति अनुकूल रहे पनि भौतिक सुविधाले खर्च निम्त्याउन सक्छ । रमाइलो क्षणमा पनि मन खिन्न रहनेछ । केही अप्ठ्यारा परिस्थिति आउनाले सोचेको लाभ नमिल्न सक्छ । आफन्तसँग असमझदारी बढ्न सक्छ । निम्तो प्राप्त भए पनि आतिथ्य खर्चिलो बन्ने देखिन्छ । व्यावसायले यात्रा गराउन सक्छ ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि

अवसरले पछ्याए पनि परिस्थितिवश पछि परिएला । समय दिन नसक्दा लक्ष्य प्राप्ति नहुन सक्छ । प्रतीक्षा गरिएको नतिजा कमजोर रहनेछ । दिगो कामलाई केही समय पर्खनुपर्ला । पहिलेका सहयोगीहरू पछि हट्नाले कामको चाप बढ्नेछ । बलभन्दा बुद्धिको उपयोगले काम लिने चेष्टा गर्नुहोला । मिहिनेतले अवसर दिलाउनेछ । यात्रा गर्दा सुरक्षामा ध्यान दिनुहोला ।

प्रकाशित मिति : २१ कार्तिक २०८०, मंगलवार ०५:०९

लोकप्रिय