नेकपा (एमालें बाँकेले जाजरकोटका भूकम्प प्रभावित नागरिकका लागि पाँच लाखभन्दा बढीको राहत सामग्री पठाएको छ ।
एमालेका केन्द्रीय सचिव एवम् लुम्बिनी प्रदेश इन्चार्ज पद्मा अर्यालको नेतृत्वमा एमाले बाँकेका अध्यक्ष किस्मतकुमार कक्षपतिसहितको टोली पाँच लाखभन्दा बढीको विभिन्न राहत सामग्रीसहित जाजरकोट जानु भएको हो ।
भूकम्प प्रभावितका लागि एमाले बाँकेले पार्टी सदस्य तथा जनवर्गीय समिति परिचालन गरी सहयोग जुटाएको थियो । त्यसरी सङ्कलन भएको चामल, दाल, तेल लगायतका खाद्यान्न र कम्बलसहित लत्ताकपडा लिएर टोली जाजरकोट गएको एमाले बाँकेका उपाध्यक्ष डिल्ली बिसीले जानकारी दिनुभयो ।
उहाँले एमाले बाँकेका नेता कार्यकर्ताबाट स्वतःस्फूर्तरूपमा प्राप्त सहयोग भुकम्प प्रभावितलाई पठाइएको जनाउँदै अन्य सहयोग रुकुमपश्चिमको प्रभावित क्षेत्रमा पठाउने तयारी भइरहेको बताउनुभयो ।
उपाध्यक्ष विसीले एमाले बाँकेका विभिन्न जनवर्गीय सङ्गठनका नेता कार्यकर्ताले यस अघि भूकम्प प्रभावितका लागि रक्तदान पनि गरिसकेको बताउनुभयो ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected], [email protected]
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected]
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । बाँके