जुवा खेल्दै गरेको अवस्थामा प्रहरीले नेपालगन्जबाट नौ जना जुवाडेलाई पक्राउ गरेको छ ।
नेपालगन्ज उपमहानगरपालिका–१०, भृकुटीनगर बस्ने निर्मल थापाको घरमा जुवातास खेल्दै गरेको अवस्थामा सोही ठाउँका ३० वर्षीय आकाशसिंह ठकुरीसहित नौ जनालाई आइतबार राति पक्राउ गरेको प्रहरीले जनाएको छ ।
वडा प्रहरी कार्यालय नेपालगन्जबाट खटिएको प्रहरीले उनीहरूको साथबाट ६४ हजार नौ सय रुपियाँ नगर र एक बुक ताससहित पक्राउ गरेको हो ।
पक्राउ परेका उनीहरूका बारेमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
चाडबाड नजिकिएसँगै बाँकेका विभिन्न स्थानमा जुवातास खेल्नेहरू पनि सक्रिय रहेको पाइएको छ । प्रहरीले विभिन्न स्थानबाट जुवा खेल्दै गरेको अवस्थामा जुवाडेहरूलाई पक्राउ पनि गर्दै आएको छ ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । बाँके