यस वर्षको भाइटीकाको शुभ साइत सार्वजनिक भएको छ । आगामी कात्तिक २९ गते बुधबारका दिन रहेको भाइटीकाको शुभ साइत बिहान १० बजेर ५१ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।
समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुंगेलले विज्ञप्ति जारी गर्दै भाइटीकाको साइत सार्वजनिक गरेका हुन् । यस वर्ष यमपञ्चक अर्थात् तिहार कात्तिक २५ गतेदेखि शुरु हुँदैछ । कात्तिक २५ गते कार्तिक कृष्ण त्रयोदशीका दिन काग तिहार तथा आयुर्वेदका प्रवत्र्तक धनवन्तरि जयन्ती र यसै दिन भाण्ड त्रयोदशी पर्व पनि मनाइन्छ ।
कात्तिक २६ गते कृष्ण चतुर्दशीका काग तिहार र नरक चतुर्दशी मनाइन्छ । कागलाई यमदूतका रुपमा मानिने गरिएको छ । यस बर्ष कात्तिक २६ गते नै लक्ष्मी पूजा परेको छ । यस दिन बेलुकी दीपमालिका गरेपछि लक्ष्मीको विधिपूर्वक आराधना गरिन्छ । कुल परम्परानुसार कसैले लक्ष्मीपूजाको दिन बिहान पनि गाई पूजा गर्ने गरेका छन् ।
कात्तिक २७ गते कार्तिक कृष्ण औँशीका दिन गाई तिहार मनाइन्छ । कात्तिक २८ गते कार्तिक शुक्ल प्रतिपदाका दिन गोरु, कृषक र गोवद्र्धन पूजा हुन्छ । यस दिन वर्षभर हलो जोत्ने हलिको समेत पूजा गर्ने संस्कृति छ । यस दिन गाई, गोरु र आत्म (म्ह) पूजा गर्नुपर्ने शास्त्रीय वचन रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।
त्यसपछि कात्तिक २८ गते नै शुक्ल प्रतिपदा प्रारम्भ हुने भएकाले आत्म (म्ह)पूजा पनि यसै दिन गरिन्छ । प्रतिपदाका दिन सूर्योदय भएकै दिन नयाँ वर्ष मनाउनुपर्ने शास्त्रीय वचनअनुसार यस्तो निर्णय गरिएको हो । यसै दिनदेखि नेपाल संवत् ११४४ शुरु हुन्छ । कार्तिक शुक्ल द्वितीयाका दिन कात्तिक २९ गते भाइटीका परेको छ ।
कात्तिक २९ गते बुधबार दिनभर टीका लगाउन बाधा नपरे पनि साइत खोज्नेका लागि अभिजित् मुहूर्तको शुभ साइत दिइएको समितिले जनाएको छ । राज्य सञ्चालकले भने साइतमै टीका लगाउनुपर्छ । सर्वसाधारणका लागि दिनभर टीका लगाउन कुनै समस्या छैन । तिहारको मुख्य दिन दिदीबहिनीले दाजुभाइको दीर्घायु, सुख शान्तिको कामना गरी अष्ट चिरञ्जीवी, यमराज, यमुना एवं बलि राजाको पूजा गरी त्यसको प्रसाद लगाइदिने चलन छ ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected], [email protected]
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected]
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं