सूचनाको शक्ति - The Power Of Information

        

जाजरकोट भूकम्प

रुकुम पश्चिममा १६ हजार ५७० घर पूर्णरुपमा क्षतिग्रस्त

भूकम्पका कारण रुकुम पश्चिमका ६ स्थानीय तहका १६ हजार ५७० घर पूर्णरुपमा क्षतिग्रस्त बनेका छन् । जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले तथ्याङ्क सङ्कलन जारी रहेकाले यो संख्या बढ्नसक्ने बताए ।

नगरपालिका प्रमुख तथा गाउँपालिकाका अध्यक्षहरुले समितिको बैठकमा पेश गरेको प्रारम्भिक तथ्यांक अनुसार सबैभन्दा बढी आठबिसकोट नगरपालिकाका घरमा क्षति पुगेको छ । समितिका अनुसार आठबिसकोट नगरपालिकामा ७ हजार १४८ घरमा पूर्णरुपमा क्षति पुगेको छ भने सानीभेरी गाउँपालिकाका तीन हजार १४६ घर पूर्णरुपमा र ७२२ घरमा आंशिक क्षतिग्रस्त बनेका छन् ।

चौरजहारी नगरपालिकामा एक हजार ९८७ घर पूर्ण र चार हजार ३७४ घरमा आशिंकरुपमा क्षति पुगेको छ भने मुसीकोट नगरपालिकामा दुई हजार ३०० घर पूर्णरुपमा र तीन हजार ५०० घरमा आशिंक क्षति पुगेको छ भने त्रिवेणी गाउँपालिकामा एक हजार ९३५ घर पूर्ण र एक हजार २५८ घरमा आंशिक क्षति पुगेको छ भने बाँफिकोट गाउँपालिकामा १८ वटा घर पूर्ण र १०७ घरमा आंशिक क्षति पुगेको छ ।

प्रकाशित मिति : २० कार्तिक २०८०, सोमबार १६:०७

लोकप्रिय