जाजरकोटलाई केन्द्रविन्दु बनाएर शुक्रबार राति आएको भूकम्पले १० जिल्लामा १३ हजार ४२९ घरमा क्षति पुर्याएको प्रारम्भिक अध्ययनले देखाएको छ । ६.४ म्याग्निच्युडको भूकम्पले सबैभन्दा बढी जाजरकोट र रुकुम (पश्चिम)का घरमा क्षति गरेको छ । क्षतिको विवरण संकलन गर्ने कार्य जारी रहेकाले यो संख्या अझ बढ्ने देखिन्छ ।
गृह मन्त्रालय र सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट प्राप्त विवरण अनुसार भूकम्पले तीन हजार ७३ घरमा पूर्ण, पाँच हजार ५९५ घरमा आंशिक र चार हजार ७६० घरमा सामान्य क्षति गरेको छ । जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमका सहायक प्रमुख जिल्ला अधिकारी प्रवेश बढुवालले भूकम्पले रुकुम पश्चिममा मात्र ९ हजार ५३८ घरमा क्षति गरेको बताए ।
रुकुम पश्चिममा भूकम्पले दुई हजार १३६ घरमा पूर्ण, दुई हजार ६४२ घरमा आंशिक र चार हजार ७६० घरमा सामान्य क्षति गरेको उनले बताए । ‘भूकम्पले क्षति गरेको विवरण संकलन कार्य भइरहेको र स्थानीय तहबाट विवरण आइरहेका छन् । क्षति भएका घरको संख्या अझै बढ्छ,’ सहायक प्रमुख जिल्ला अधिकारी बढुवालले भने ।
गृह मन्त्रालयका अनुसार भूकम्पको केन्द्रविन्दु रहेको जाजरकोट जिल्लामा ९०५ घर पूर्ण र दुई हजार ६८५ घरमा आंशिक क्षति गरेको छ । यो आइतबार रातिसम्म प्राप्त विवरण हो । गृह मन्त्रालयबाट प्राप्त विवरण अनुार भूकम्पले रुकुम पूर्वका ११८ घरमा आंशिक र पाँच घरमा पूर्ण क्षति गरेको छ ।
सल्यानका ९७ घरमा आंशिक र २५ घरमा पूर्ण क्षति गरेको छ । यस्तै, रोल्पाका १७ घर, नवलपरासी पूर्वको एकमा आंशिक क्षति गरेको छ । दैलेखका एक घरमा आंशिक र एक घरमा पूर्ण, दाङका ६ घरमा आंशिक, बैतडीमा एक घरमा पूर्ण र प्युठानका २९ घरमा भूकम्पले आंशिक क्षति गरेको छ ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected], [email protected]
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected]
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं